१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ९ शनिबार
  • Friday, 05 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ९ शनिबार १६:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

९५३ जनामा कोरोना संक्रमण हुँदा १,३७१ जना निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ९ शनिबार १६:१५:oo

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमित हुनेको तुलनामा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। ९५३ जनामा कोरोना संक्रमण हुँदा एक हजार तीन सय ७१ जना संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो अवधिमा सात हजार ५० नमुनाको पिसिआर र तीन हजार ५२९ नमुनाको एन्टिजेन विधिबाट गरी कुल १० हजार ५७९ नमुना परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार पिसिआर विधिबाट गरिएको परीक्षणमा ७९० तथा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ नमुनामा कोरोना भाइरस भेटिएको छ।

आज देशभर दुई लाख १६ हजार ७२५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । यही अवधिमा नेपालमा ६ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

अब नेपालमा १९ हजार ७०० सक्रिय संक्रमित रहेका छन् ।

ad
ad
ad
ad