सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तनहुँको बन्दीपुर माउन्टेन रिसोर्र्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंकका डेबिट/क्रेडिट कार्डवाहक तथा कर्मचारीहरूले बन्दीपुर माउन्टेन रिसोर्टको विभिन्न सेवामा विशेष छुट पाउने सम्झौता भएको हो ।
यसका साथै बैंकले डेबिट कार्ड नभएका ग्राहकका लागि घरमै बसी निःशुल्क मोबाइल बैंकिङमार्पmत डेबिट कार्डका लागि आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ । मोबाइल बैंकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
बैंकले देशभरमा एक सय ८३ शाखा, एक सय १७ एटिएम र एक सय ११ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।