१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२o८१ बैशाख ३१ सोमबार १७:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वडा कार्यालयमा आगजनी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:२६:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नं. १ को कार्यालयमा आगजनी भएको छ । स्थानीय बास्ताम लामिछानेले बुधबार आगजनी गरेका हुन् । 

आगजनीबाट वडा कार्यालयमा पूर्ण रूपमा क्षति भएको छ । आगजनीबाट अध्यक्षको कार्यकक्ष, सोफा, दराज त्यहाँ रहेका कागजात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले बताए । ‘घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ,’ उनले भने, ‘घटनाका दोषीउपर कारबाही हुन्छ ।’

लामिछानेले आफूलाई ज्यान मार्ने र वडा कार्यालय जलाइदिने धम्की दिएको वडाध्यक्ष गंगाराम सुनारले बताए । ‘मलाई सवा दश बजेतिर अफिसको नम्बरबाट ती व्यक्तिले फोन गरेर दश बजे अफिस किन नआएको भन्दै तेरो घाँटी काटिदिन्छु भनेका थिए,’ उनले भने, ‘म काम विशेषले गोष्ठीमा भएकाले कार्यबाहक दिएको छु, उहाँसँग काम गर्नुस् यदि म नै चाहिने हो भने दिउँसोतिर अफिस आउँछु भनेको थिएँ । एकछिनपछि अफिसमा आगजनी भयो भनेर कर्मचारीहरूले फोन गर्नुभयो ।’ 

प्रहरीले लामिछानेलाई अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन ।  लामिछानेको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएपी घर्तीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

ad
ad