१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज ४ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज ४ सोमबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं साक्षर जिल्ला घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज ४ सोमबार १७:४१:oo

काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। सोमबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताए।

सामाजिक विकासमन्त्री सुवेदीले भने, ‘साक्षर बनाउँदा आज हामी जुन किसिमको खुसी व्यक्त गरिरहेका छौँ, यसपछाडिका हाम्रा धेरै खुड्किलाहरू पनि छन्। हामीले अरू धेरै कुराहरूलाई लिएर अघि बढ्नुपर्नेछ, त्यसैले अब त्यो भन्दा बाँकीलाई साक्षर बनाउनुपर्नेछ । अहिले ललितपुर शतप्रतिशत साक्षर जिल्ला छ । त्यसैगरी काठमाडौंलाई पनि पूर्ण साक्षर बनाइनेछ।’

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोहीअनुरूप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

ad
ad
ad
ad