मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३ आइतबार १७:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३ आइतबार १७:२७:००

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुरमा पुगेर इन्द्रजात्राको अवलोकन तथा प्रसाद ग्रहण गरेकी छिन् । दिउँसो पौने चार बजे उनी जात्रा हेर्न र टीका तथा प्रसाद ग्रहण गर्न पुगेकी हुन् । 

जात्राको वेला वसन्तपुर क्षेत्रमा भिडभाड भएपछि गद्दी बैठकबाट राष्ट्रपति भण्डारीले जात्रा अवलोकन र प्रसाद ग्रहण गरेकी थिइन् । इन्द्रजात्राका प्रतिनिधिले उनलाई टीका लगादिइएका थिए । उनले गद्दी बैठकबाटै श्रीकुमारी, श्रीगणेश, श्रीभैरव, श्रीलाखेआजु, श्रीहलचोक आकाशस भैरव, श्रीपुलुकिसीलगायत देवी–देवताको प्रसाद ग्रहण गरेकी थिइन् । 
इन्द्रजात्राको प्रसिद्ध कुमारी जात्रा हेरेर उनी फर्किएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले जानकारी दिए । उनका अनुसार इन्द्रजात्राको दोस्रो दिन राष्ट्रपतिलाई जात्रा अवलोकन गराउने परम्परा छ । त्यस्तै जात्राको अन्तिम दिन पनि राष्ट्रपतिलाई जात्रामा सहभागी गराइनेछ । आठ दिनसम्म चल्ने यो जात्रामा विभिन्न देवी–देवतामा नाच र जात्राहरू प्रस्तुत गरिन्छ । आज जात्राको दोस्रो दिन हो ।