मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २९ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २९ मंगलबार ११:४८:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अमेरिकालाई हराएपछि के भने कुशल र रोहितले ? 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २९ मंगलबार ११:४८:oo

कुशल भुर्तेल र रोहितकुमार पौडेलको ब्याटिङ चल्दा नेपालले आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित गर्‍यो। सम्हालिएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बनाएका छन्। दुवैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताए । 

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालले अमेरिकालाई पाँच विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुवात गर्‍यो । दुई सय ३१ रनको लक्ष्य ४९ ओभरमा मात्र पाँच विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो। सिरिजको सुखद सुरुवात गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे। कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा तीन चौका र तीन छक्का प्रहार गरे। युवा ब्याट्सम्यान कुशलले करिअरकै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतकसमेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए। आफू शतकबाट चुकेको भए पनि टिमको जित निकै महत्वपूर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए।

सुरुवात राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए। नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहितकुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जिततर्फ डोर्‍याएका थिए। यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए। उनले सुरुवात अलि ढिला भए पनि अन्त्यतिर लयमा आएको बताए।

यस्तै, नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्लले नेपालको दुवै ब्याटिङ र बलिङमा प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए। खेलमा ब्याटिङ गर्न सजिलो  देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए। घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौतीपूर्ण रहेको ज्ञानेन्द्रले बताए।

सिरिजअन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ। कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समयअनुसार दिउँसो ४:१५ बजे प्रतिस्पर्धा गर्दै छ। लिग– २ को सिरिजअन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो। दुवै खेलमा नेपाल पराजित भएको थियो। सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदानमा उत्रिनेछ।