अमेरिकी अधिकारीद्वारा नेपाली मूर्ति हस्तान्तरण

मंगलबार, २९ भदौ, २०७८
डिजिटल संस्करण

अमेरिकाको कोलोराडोस्थित डेनवरमा रहेको नेपालको उमामहेश्वरको मूर्ति नेपाली राजदूतावासले मंगलबार प्राप्त गरेको छ। डेनवर कला संग्रहालयका पदाधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेका हुन्।

सन् १९७५ मा पाटनबाट चोरी भएका मूर्ति डेनवर कला संग्रहालयमा पुगेका थिए। राजदूत खतिवडाले नेपाललाई मूर्ति फिर्ता गर्न सक्रिय सहयोगका लागि संग्रहालय अधिकारीलाई धन्यवाद दिए। खतिवडाले सांस्कृतिक सम्पदाको संरक्षणले दुई देशका जनताबीचको निकट सहकार्य प्रतिबिम्बित भएको पनि उल्लेख गरे।

उमामहेश्वरको मूर्ति ३० इन्चभन्दा अग्लो छ। नेपाली दूतावासका अनुसार मूर्ति अमेरिकाबाट नेपाल ल्याइनेछ।

See More On

सुझावित समाचार