१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ भदौ २८ सोमबार २०:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा कुटपिटबाट घाइते पुलामीको ज्यान गयो, दुई पक्राउ

Read Time : < 1 मिनेट
२०७८ भदौ २८ सोमबार २०:५३:००

गत २४ भदौमा चन्द्रकोट गाउँपालिका– ७, बतासे बस्ने ४८ वर्षीय शिवबहादुर पुलामीलाई मादक पदार्थ सेवन गरेका भतिज र ज्वाइँले कुटपिट गरे । गम्भीर घाइते पुलामीको शुभ सारथि क्लिनिक मजुवामा आइतबार ज्यान गयो । 

कुटपिटमा संलग्न भएको आरोपमा सोही स्थानका भतिज नाताका २७ वर्षीय हिमबहादुर पुलामी र ज्वाइँ सत्यवती गाउँपालिका– ३ का २१ वर्षीय हिमाल राहदीलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । आरोपितलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरेर थप अनुसन्धानको काम भइरहेको पाण्डेयले बताए । 

जिल्ला अदालत गुल्मीका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १५ वटा हत्या मुद्दा दर्ता भएका छन् भने ०७६/७७ मा १८ र ०७५/७६ मा ७ हत्याका मुद्दा भएको जिल्ला अदालत गुल्मीका सूचना अधिकारी भीमप्रसाद भुसालले जानकारी दिए । 

हत्याका शृंखला हेर्दा परिवार र आफन्तभित्रैका घटना धेरै छन् । बुहारीले सासू–ससुरालाई हत्या गरेका, मदिराको मातमा छोराले बाबुको ज्यान लिएकालगायतका घटना गुल्मीमा छन् ।