१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २८ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका विराटनगर
२o७८ भदौ २८ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ मा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७८ भदौ २८ सोमबार १२:o२:oo

प्रदेश १ सभामा एकीकृत समाजवादी संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन्। शनिबार बसेको बैठकले सांसद राईलाई सर्वसम्मतले संसदीय दलको नेता चयन गरेको हो।

सांसद उपेन्द्रप्रसाद घिमिरेका अनुसार संसदीय दलको बैठक बसेर दलको नेता चयन गरिसकेपछि एकीकृत समाजवादीले आज सोमबार प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री भीम आचार्यलाई आफूहरूको समर्थन नरेहको जानकारी गराउने बताइएको छ।

प्रदेश १ सभामा एमालेका १० सांसदले एकीकृत समाजवादीमा सनाखत गराएपछि प्रदेश १ मा सत्ताधारी दल एमाले अल्पमतमा परेको छ। अल्पमतमा परेसँगै मुख्यमन्त्री आचार्यले २४ असोजभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्नेछ। 

एकीकृत समाजवादीले प्रदेश १ सभामा चौथाे ठूलो दलको मान्यता पाएको छ। प्रदेश १ मा हाल सत्ताधारी दल एमालेका ४१ सांसद छन् भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन, संघीय लोकतान्त्रिक मञ्चका एक र राप्रपाका एकजना सांसद छन्।

ad
ad
ad
ad