मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका इस्लामावाद
२०७८ भदौ २७ आइतबार १२:४५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काबुल नियमित उडान सुरु गर्दै पाकिस्तान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, इस्लामावाद
२०७८ भदौ २७ आइतबार १२:४५:००

पाकिस्तानको सरकारी एयरलाइन्स पिआइएले नियमित रूपमा इस्लामावाद–काबुल उडान पुनः सुरु गर्ने भएको छ। पिआइएले सो उडानका लागि सबै तयारी पूरा भएको र पहिलो जहाज सोमबार नै जाने जनाएको छ। 

पाकिस्तान एयरलाइन्सले आइतबार विज्ञप्ति प्रकाशन गरेर सो जानकारी दिएको हो । सो एयरलाइन्सले यसअघि रोकिएको उडान अब सोमबारबाट नियमित रूपमा सुचारु गर्नेछ।

अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि पिआइएलगायत अन्य विदेशी विमान कम्पनीले आफ्ना सबै उडान बन्द गरेको थिए। पाकिस्तानले नियमित उडान सुरु गर्ने भए पनि अन्य देशले भने उडान सुरु गरेका छैनन्।