१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २७ आइतबार o८:o५:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उद्योगी रुक्मशमशेर रहेनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार o८:o५:oo

 नेपालमा बहुराष्ट्रिय कम्पनी डाबरलाई भित्र्याउने उद्योगी रुक्मशमशेर राणाको निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तीसपुतलीस्थित आफ्नै निवासमा निधन भएको हो । उनी मिर्गौला, सुगर, प्रेसरलगायत रोगबाट पीडित थिए । 
उनी भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका स्थानीय साझेदार हुन्, जसले सन् १९९२ देखि व्यावसायिक उत्पादन थालेको थियो । नेपालमा बहुराष्ट्रिय कम्पनी डाबरलाई भित्र्याउने श्रेय राणालाई नै जान्छ । उनी डाबर नेपालको प्रबन्ध निर्देशकसम्म भएका थिए ।

राजनीति र खेलकुद क्षेत्रमा समेत रुचि राख्ने उनी नेपालको पहिलो अर्थमन्त्री सुवर्णशमशेरका कान्छा छोरा हुन् । राणाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दुईपटकसम्म सदस्य सचिव भएर काम गरेका छन् । उनी पहिलोपटक ०५० देखि ०५१ सालसम्म र दोस्रोपटक ०५४ देखि ०५५ सालसम्म राखेपको सदस्य सचिव थिए ।

०५९ सालमा नेपाल ओलम्पिक कमिटी (एनओसी)को अध्यक्षसमेत बनेका उनी अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यबाहक अध्यक्षसमेत बनेका थिए । कांग्रेस नेतृत्वको सरकारका पालामा सन् २००९ देखि सन् २०११ सम्म उनले भारतका लागि नेपालका राजदूतसमेत भएर काम गरे । उनी पहिल्यैदेखि कांग्रेसको राजनीतिमा संलग्न थिए ।