मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ भदौ २७ आइतबार
  • Friday, 14 August, 2026
२o७८ भदौ २७ आइतबार o७:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ऊर्जा बचत गरेबापत राष्ट्रिय वाणिज्य बैंकद्वारा अनुदान हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २७ आइतबार o७:२८:oo

राष्ट्रिय वाणिज्य बैंकले जर्मन सरकारबाट केएफडब्लू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी  इफिसिएन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रमअन्तर्गतको रकम हस्तान्तरण गरेको छ । बैंकले चार कम्पनीलाई अनुदान हस्तान्तरण गरेको हो । 

प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई एक करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३ लाख ६० हजार रुपैयाँ, हुलास स्टिल इन्डस्ट्रिज प्रालिलाई ६४ लाख ३७ हजार रुपैयाँ र सालिमार मेटल्स प्रालिलाई ३२ लाख ८ हजार रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरूले यन्त्र उपकरण जडान गरेको हुँदा स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान–प्रदान तथा अनुदान रकमको चेक प्रदान गरिएको बैंकले जनाएको छ । 

नेपालका लागि जर्मन राजदूतावास विकास सहयोगका उपप्रमुख सिमोन म्याक्समिलन हिन्केले चेक हस्तान्तरण गरेको जनाएका छन् । चेक हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्र आदान–प्रदान गर्दै अन्य उद्योगहरूलाई ऊर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आह्वान गरेका थिए ।

उनले हालसम्म २१ वटा उद्योगहरूलाई नौ करोड ९२ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको जानकारी दिए । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसिएन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यान्वयनका लागि प्रोग्राम एक्ज्युकेटिङ एजेन्सीका रूपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको जनाइएको छ ।