मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ भदौ २६ शनिबार १४:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापतिको दौडबाट पछि हट्दिनँ : शशांक कोइराला

Read Time : < 1 मिनेट
२०७८ भदौ २६ शनिबार १४:१७:००

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।

उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दै छु।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापनइतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरूमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए। क्रियाशीलको अन्तिम टुंगाे छिट्टै लाग्ने उनले बताए ।

फरक प्रसंगमा महामन्त्री कोइरालाले कम्युनिस्ट उच्छृंखल चरित्रका हुन्छन् भन्ने उदाहरण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको टिप्पणी गरे । विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, “उच्छृंखल चरित्रले कम्युनिस्ट पार्टीहरू चलिरहेका छन् ।”