१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ २५ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७८ भदौ २५ शुक्रबार १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको चितवन जिल्ला अध्यक्षमा डा. पन्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ भदौ २५ शुक्रबार १५:२४:oo

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) चितवनले दुई सय २३ जनाको जिल्ला कमिटी तथा एक सय ६८ जनाको भरतपुर महानगर कमिटी गठन गर्दै संयुक्त बैठक एवं  कमिटी रूपान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

भरतपुरमा आयोजित कार्यक्रमबीच डाक्टर  कृष्णराज पन्तलाई जिल्ला पार्टीको अध्यक्ष र विष्णुराज महतोलाई भरतपुर महानगर कमिटीको जिम्मेवारी प्रदान गरी कमिटीमा रहेका सबैलाई शपथग्रहण गराइएको छ। जिल्ला अध्यक्ष डाक्टर पन्त ०५८ सालमा पार्टीको सचिवालय सदस्य एवं क्षेत्र नम्बर १ का इन्चार्ज बनेका थिए। उनी केन्द्रीय निर्वाचन विभागका सदस्य पनि हुन्।

यसअघि तेजेन्द्रबहादुर खड्का अध्यक्ष बन्ने भनिए पनि उनी अन्तिम समयमा आएर कार्यक्रममा उपस्थित भएनन्। महानगर कमिटी अध्यक्ष महतो भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष हुन्।