मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ २० आइतबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ २० आइतबार १५:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टी विधान उल्लंघन गर्ने अधिकार स्वतन्त्रता होइन, अराजकता हो : मिलन पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ २० आइतबार १५:३१:oo

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले वैचारिक स्वतन्त्रता भए पनि पार्टीको विधान उल्लंघन गर्ने अधिकारलाई स्वतन्त्रता भन्न नसकिने बताएका छन्। पाण्डेले आइतबार एक विज्ञप्ति जारी गर्दै विधान उल्लंघन गर्नु स्वतन्त्रता नभई अराजकता भएको टिप्पणी गरेका छन्।

‘संसारमा कुन त्यस्तो पार्टी छ जसको अध्यक्षले सामान्य अवस्थामा पार्टीको नीतिविपरीत ‘नितान्त व्यक्तिगत’ विचार भन्दै पार्टीको विधानविपरीत बोल्दै हिँडेको होस् ? स्वतन्त्रता हुन्छ, तर पार्टीको विधान उल्लंघन गर्ने अधिकार स्वतन्त्रता होइन। अराजकता हो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीको विधानको धारा ३(१) मा संघीयतालाई संस्थागत गर्न योगदान पुर्‍याउने लेखिएको उल्लेख गर्दै पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको दस्ताबेज र विधानविपरीत वक्तव्य बाजी गरेको बताएका छन्।

पार्टी एकीकरणको घोषणापत्रका आधारमा नै आफू संयोजक र मिश्र अध्यक्ष भएको भन्दै पाण्डेले घोषणापत्र लत्याए आफू र मिश्रलाई पदमा बस्ने अधिकार नहुने प्रस्ट पारेका छन्।