१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ भदौ १९ शनिबार ११:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बजारी हल्लाले गठबन्धन टुट्दैन : रामकुमारी झाँक्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ भदौ १९ शनिबार ११:३३:००

नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ रामकुमारी झाँक्रीले बजारी हल्लाको भरमा गठबन्धन नटुट्ने बताएकी छिन्। आज शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले हल्लाकै भरमा गठबन्धन कुनै हालतमा नटुटने बताएकी हुन् ।

जनअनुमोदित संसद्लाई पूरा कार्यकाल सञ्चालन गर्न अग्रगमन पक्षधर पार्टीहरूबीच गठबन्धन भएको भन्दै उनले त्यो अभिभारा पूरा गरेर छाडने बताइन् । उनले आफूहरूको कारणले संघीय सरकार विस्तारमा कुनै ढिलाइ नभएको जिकिर गर्दै दल दर्ताको प्रक्रिया बाँकी रहेकाले संघमा सरकार विस्तार र प्रदेशमा नयाँ सरकार निर्माण हुने ढिलाइ भएको बताइन् ।

उनले भनिन, ‘हाम्रो पार्टी नै बनिसकेको छैन। पार्टी नबनी सरकारमा जान पनि मिल्दैन । प्रक्रिया सकिएपछि संघमा चाँडै सरकार विस्तार हुन्छ र प्रदेशमा पनि नयाँ सरकार निर्माण हुन्छ ।’ 

नेतृ झाँक्रीले प्रदेश १ र बागमती प्रदेशमा एकीकृत समाजवादीले मुख्यमन्त्री लिनेबारे कुनै भागबन्डा नभएको बताइन् । तर, उनले दुवै प्रदेशमा आफूहरूकै नेतृत्वमा सरकार निर्माण हुने कुरा स्वाभाविक रहेको जिकिर गरिन् ।

एकीकृत समाजवादी पार्टी नामले नै समावेशी पार्टी भएको दाबी गर्दै महिला र युवाहरूलाई सहभागितामा उच्च प्राथमिकता दिइने बताइन् । उनले युवा र नयाँ पुस्तालाई आफ्नो पार्टीमा आउन आग्रह गर्दै भनिन्, ‘युवा र महिलालाई बराबरी सहभागिता हुन्छ। यसैले म नयाँ पुस्तालाई  हाम्रो पार्टीमा आउन आग्रह गर्छु ।’