मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ भदौ १६ बुधबार १०:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजरायल जाने कामदारको लिखित परीक्षा २८ भदौमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ भदौ १६ बुधबार १०:०९:००

सात हजार पाँच सय परीक्षार्थी 

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीमा जाने कामदारको पहिलो चरणको लिखित परीक्षा २८ भदौमा लिने भएको छ । परीक्षामा सहभागी हुने कामदारलाई विभागले इमेलमार्फत प्रवेशपत्र तथा परीक्षा केन्द्रको बारेमा जानकारी दिनेछ । तर, कामदारले आफ्नो परिचय खुल्ने सक्कल कागजात र प्रवेशपत्र प्रिन्ट गरेर लैजानुपर्नेछ । 

लिखित परीक्षा स्वास्थ्य मापदण्ड पालना गरेर काठमाडौंका २० वटा केन्द्रमा सञ्चालन गरिने भएको छ । हरेक कोठामा बढीमा २५ जना र एउटा बेन्चमा एकजनालाई मात्रै राखिने विभागले जनाएको छ । इजरायल रोजगारीको पहिलो चरणको परीक्षामा सात हजार पाँच सय कामदार सहभागी हुने भएका छन् । विभागमा परेको कुल आवेदनबाट छानिएकाले मात्रै सो परीक्षा दिने पाउनेछन् । 

विभागले १२ साउनदेखि इजरायल रोजगारीका लािग अनलाइन आवेदन माग गरेको थियो । साउन मसान्तसम्म नौ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । आवेदन दिएकामध्ये पाँच हजार चास सय ९९ पुरुष र चार हजार दुई सय महिला छन् ।  

८० पूर्णांकको परीक्षामा अंग्रेजी भाषामा व्याकरण र स्वास्थ्यसम्बन्धी प्रश्न सोधिनेछन् । परीक्षामा ४० वटा प्रश्न सोधिनेछन् । प्रत्येक प्रश्न दुई अंकका हुनेछन् । सहभागीमध्ये लिखित परीक्षाबाट एक हजार ६ सय ८० कामदार छनोट गरिनेछ । परीक्षाको नतिजा दुई दिनभित्रमा सार्वजनिक हुने विभागले जनाएको छ । नतिजा सार्वजनिक भएको १० दिनभित्र अन्तर्वार्ता लिइने विभागले जनाएको छ । 

वैदेशिक रोजगार विभागले दोस्रो चरणको परीक्षाबाट १४ सय कामदार छनोट गर्नेछ । लिखित परीक्षाबाट उत्तीर्ण भएकाले अन्तर्वार्तामा सहभागी हुन पाउनेछन् । अन्तर्वार्ता २० अंकको हुनेछ । 

अन्तिम छनोटमा परेका कामदारलाई रोस्टरमा राखिनेछ । रोस्टरमा राखिएको नामसूचीबाट इजरायलका रोजगारदाताले माग गरेअनुसार चिट्ठा प्रणालीमार्फत कामदारको छनोट गरिनेछ ।