बल्खुमा यामाहा मोटरसाइकलको नयाँ सोरुम सञ्चालनमा आएको छ । सोरुम उद्घाटन यामाहाका प्रबन्ध निर्देशक विष्णु अग्रवालले गरेका हुन् । उद्घाटनपछि प्रबन्ध निर्देशधक अग्रवालले यामाहा सधैँभरि आफ्ना ग्राहकको आवश्यकताप्रति सजग रहँदै आएको बताए । देशभर ९२ वटा सोरुम भए पनि बल्खुमा यसको आवश्यकता देखिएकाले कम्पनीले ग्राहकका लागि नयाँ सोरुम सञ्चालनमा ल्याएको उनको भनाइ थियो ।
सोरुममा बिक्रीका साथै स्पेयर पार्टस् र सर्भिसका सेवाहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ । सोरुमको सर्भिस सेन्टरमा यामाहा एफआई स्टेसन पनि रहेकाले एफआई प्रविधियुक्त बाइकहरूको नवीन प्रविधिद्वारा जाँच गरी हेल्थकार्ड पनि निःशुल्क निकालिने जनाइएको छ ।
यसका साथै नेपाली वैज्ञानिक महावीर पुनद्वारा निर्मित अटोमेटिक बाइक वास गर्ने मेसिन जडान गर्ने मोरङ अटो वक्र्स नेपालकै पहिलो कम्पनी बनेको कम्पनीले जनाएको छ ।
सोरुममा एक्सचेन्ज मेला पनि सुरु भएको छ । मेलामा कुनै पनि पुरानो मोटरसाइकल वा स्कुटरहरूमा बजार प्रचलित मूल्यांकनभन्दा १५ हजार रुपैयाँ थप मूल्यांकन गरिने कम्पनीले जनाएको छ । यसका साथै ७ हजार रुपैयाँ छुट, शून्य प्रतिशत ब्याज, न्यून डाउन पेमेन्ट र न्यून किस्ताका सुविधा पनि रहेको जनाइएको छ ।