१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१८:oo

अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ। त्रिभुवन राजपथस्थित चिसापानी धारानजिकै पहिरो जाँदा आज बिहान साढे पाँचदेखि अवरुद्ध नागढुंगा–नौबिसे सडकखण्ड केहीबेर अगाडिदेखि सञ्चालनमा आएको हो।

पहिरोले अवरुद्ध सडक दुईवटा एक्स्काभेटरको सहायताले ६ घन्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिए। चन्द्रागिरि नगरपालिका– २ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुंगा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन्।

पहिराका कारण काठमाडौंतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो। सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोलानजिकै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ।

हेर्नुहोस् भिडियो :

ad
ad