१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १३ आइतबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १३ आइतबार o७:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेगा म्युचुअल फन्ड–१ मा मागभन्दा बढी आवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १३ आइतबार o७:o२:oo

मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फन्ड–१’ मा मागभन्दा बढी आवेदन गरेको छ । प्रतिइकाइ १० रुपैयाँ तोकिएको १० करोड इकाइमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक मेगा बैंकका लागि सुरक्षित राखी सर्वसाधारणलाई बिक्री खुला गरिएको ८ करोड ५० लाख इकाइमा आवश्यकताभन्दा बढी आवेदन परेको हो । 

सार्वजनिक निष्कासन गरेको दुई दिनमै मागभन्दा बढी आवेदन प्राप्त भई चौथो दिनसम्ममा माग गरिएको आवेदन रकमभन्दा २ दशमलव ३७ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ ।

नेपालको वित्तीय इतिहासमा हालसम्मकै म्युचुअल फन्डमा सबैभन्दा धेरै आवेदन मेगा म्युचुअल फन्ड–१ मा प्राप्त भएको क्यापिटलको दाबी छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडप्रति प्राप्त भएको यस विश्वासका कारण अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको कम्पनीले जनाएको छ ।

मागभन्दा धेरै बढी इकाइका लागि आवेदन परेकाले धितोपत्र बोर्डले जारी निर्देशिकाबमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरी इकाइहरू बाँडफाँड गरिने जनाइएको छ ।

ad
ad
ad
ad