१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
२o८१ असार २० बिहीबार १४:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तटबन्धमा करोडौँँको लगानी, बालुवामा पानी 

पक्की तटबन्ध नहुँदा वर्खामा स्थानीयको त्रास बढ्दो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १४:३o:oo

प्रायः हरेक वर्ष बाढी आउने निश्चित रहेको जिल्लामध्ये महोत्तरी पनि एक हो । यहाँ हरेक वर्ष बाढीले करोडाैँको धनजनको क्षति हुने गरेको छ । बाँके, मरहा, विग्ही र रातु यहाँका प्रमुख नदीहरू रहेकोमा सबैभन्दा बढी क्षति भने रातु नदीले गर्ने गरेको छ । मर्मतसम्भारमा सबैभन्दा बढी लगानी हुने नदी पनि रातु नै हो । हरेक वर्ष नदीको तटबन्ध मर्मत तथा निर्माणमा करोडौँ सकिँदा पनि जनताको त्रास भने यथावत् छ ।

बलवा नगरपालिका– ४ तिलगढका स्थानीय नुरुद्दिन दफाली करोडौँ पैसा खर्च गरेर पनि बाढीको जोखिम यथावत् रहेको बताउँछन् । पछिल्ला केही वर्षदेखि निरन्तरको बाढीले स्थानीय पीडित रहेको बताउँदै पक्की तटबन्धको विकल्प नरहेको बताउँछन् । तर, सरकारले तटबन्ध पक्की बनाउनेतर्फ ध्यान नदिएको उनको दुःखेसो छ ।

‘किसानका लागि अमृतको काम गरिरहेको रातुले वर्षायाममा ताण्डव मच्चाउँछ। हरेक वर्ष बाढीकै कारण यहाँ करोडौँको भौतिक क्षति हुन्छ । कहिलेकाहीँ मानवीय क्षतिसमेत हुन्छ । मानवको यही पीडालाई कम गर्न बाढीबाट जोगाउने भन्दै मुख्य नदीहरूको तटबन्धमा करोडाैँ लगानी गरिन्छ, तर ती लगानी बालुवामा पानीबाहेक केही हुदैन,’ उनले भने ।

वर्षा सुरु भइसकेपछि प्रायः उपभोक्ता समिति र टेन्डरवालाहरू नदीमा पस्छन् र त्यही नदीमा रहेको बालुवाले तटबन्ध निर्माण गर्छन् । नदीमा बाढी आउँछ र तटबन्ध बगाएर लान्छ । तटबन्ध बनाउने र नदीले बगाउने प्रक्रिया निरन्तर चलिरहन्छ। सरकारले हामी लगानी गर्दै छौँ र सम्बन्धित कार्यालयले हामी तटबन्ध निर्माणमा खट्दै छौँ भन्ने सन्देश जनतासामु  पुर्‍याए पनि त्यसको उचित प्रतिफल भने जनताले पाउन सकेका छैनन् ।

रातु नदीअन्तर्गतको महोत्तरीको बलवा नगरपालिका– ४ स्थित तिलगढमा तीन स्थान, सोही नगरपालिकाको वडा नम्बर १० को एक स्थान, वडा नम्बर १ बन्चौरी, भंगहा नगरपालिका– १ दोस्तिया, भंगहा नगपालिका– ६ कविलासा र मरहा खोलाअन्तर्गतको सोनमा गाउँपालिका– २ बैरिया र औरही खोलाअन्तर्गत लोहारपट्टी– ३ वगडालगायतका स्थानमा तटबन्ध पछिल्लो बाढीमा बगेको छ । सोमध्ये तिलगढस्थित वडा नम्बर ४ को एक स्थान र वडा नम्बर १० को एक स्थानमा माटो भर्ने कार्य सुरु गरिएको छ, तर त्यसलाई मजबुत बनाउने तारजालीलगायतको कार्य भने गर्न सकिएको छैन । 

जनताको जिउज्यानसँग प्रत्यक्ष सरोकार राख्ने स्थानहरूको तटबन्ध निर्माण तथा मर्मतका लागि बजेट अभाव तथा अन्य विभिन्न कारण देखाएर खेलवाड गर्ने अधिकार कसैको नभए पनि महोत्तरीमा तटबन्धको अवस्था हेर्दा भने स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म आफ्नो जिम्मेवारी पूरा गर्न विविध कारणले नसकेको देखिन्छ । तथापि, स्थानीय सरकारदेखि केन्द्र सरकारसम्मले आफूहरू बाढीको जोखिमबाट बच्न काम गरिरहेको बताउँछन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल विपत् आउन सक्ने अवस्थालाई आकलन गर्दै तत्काल तटबन्धहरू मर्मत गर्न स्थानीय निकाय र सरकारका अन्य अंगहरूसँग समन्वय गरिरहेको बताउँछन्। 

ad
ad
ad
ad