१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Sunday, 07 July, 2024
रासस लन्डन
२o८१ असार २० बिहीबार १४:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा आमनिर्वाचनका लागि मतदान सुरु

Read Time : < 1 मिनेट
रासस, लन्डन
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १४:१६:oo

संयुक्त अधिराज्य (बेलायत)को ऐतिहासिक आकस्मिक आमनिर्वाचनका लागि मतदान सुरु भएको छ। मतदान स्थानीय समयअनुसार बिहान ७ बजे सुरु भई राति १० बजे बन्द हुनेछ।

सबै प्रमुख दलहरूको ६ हप्ताको अभियानपछि आजको मतदान समाप्त भएसँगै देशले अर्को प्रधानमन्त्री प्राप्त गर्नेछ। इंग्ल्यान्ड, वेल्स, स्कटल्यान्ड र उत्तरी आयरल्यान्डका कुल ६५० निर्वाचन क्षेत्रमा मतदान गरिनेछ। कुल ६ सय ५०  संसदीय सिटमध्ये तीन सय २६ सिट प्राप्त गर्ने कुनै पनि पार्टीको नेता देशको प्रधानमन्त्री बन्नेछ।

बेलायतको सार्वजनिक सेवाको स्थिति, जीवनयापनको लागत, कर, आप्रवासन र अर्थतन्त्र निर्वाचनको प्रमुख विषय रहेको सिएनएनले जनाएको छ। यो निर्वाचनमा अर्थव्यवस्था, कर र आप्रवासनजस्ता मुद्दाले वर्तमान प्रधानमन्त्री ऋषि सुनकलगायत दाबेदारहरूका लागि कसरी लहर बदल्छ भन्ने कुरा हेर्न महत्त्वपूर्ण छ।

बेलायतको युरोपेली संघसँगको सम्बन्धका विषय भने निर्वाचनमा धेरै हदसम्म बेवास्ता गरिएको छ। यस वर्षको मे महिनाको अन्त्यमा प्रधानमन्त्री  सुनकले आकस्मिक चुनावको आह्वान गरेका थिए। उनको पार्टीमा केही नेतासमेतले यो निर्णयप्रति आश्चर्य जनाएका थिए।

ad
ad
ad
ad