१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार २० बिहीबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असार २० बिहीबार १४:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

नेपाल बैंक र काठमाडौं महानगरबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार २० बिहीबार १४:o७:oo

नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ।

गत मंगलबार काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक समारोहमा भएको उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय र महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले हस्ताक्षर गरेका छन्।

सम्झौताबमोजिम महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरूलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउनेछ।

साथै सामुदायिक विद्यालयहरूका सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी प्राविधिक शिक्षक–कर्मचारीहरूले नेपाल बैंक लिमिटेडका सबै शाखाबाट छुटसहितको आकर्षक बैंकिङ सेवा सुविधा पाउने बताइएको छ।

ad
ad
ad
ad