मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ १२ शनिबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ १२ शनिबार २o:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले जाली तमसुक गरेर ठगे : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ १२ शनिबार २o:२१:oo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूमाथि ठगी गरेको आरोप लगाएका छन् । प्रचण्डले अध्यक्ष र प्रधानमन्त्री आधा–आधा हुने भनेर जाली तमसुकमा हस्ताक्षर गराएर आफूमाथि ओलीले ठगी गरेको टिप्पणी गरेका हुन् । 

वाइसियल नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा प्रचण्डले ओलीले जाली तमसुक गरेर प्रधानमन्त्री पद पड्काएपछि आफू हेरेको हे¥यै भएको दुःखेसो पोखे । उनले भने, ‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँभन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर, त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तिका लागि ठगीधन्दा रहेछ त्यो त । हामीले चाहिँ उनको ठगीधन्दा तमसुकमा सही गरेपछि त भयो भन्ठान्यौँ । तमसुक हेरेर बसियो, विचरा उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

प्रचण्डले ओलीसँग गठबन्धन गरेर के पायौँ ? भनेर आफूमाथि सत्तारुढ दलभित्रैबाट प्रश्न आउने गरेको गुनासो पनि गरे । उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि पार्टीको युवा संगठन वाइसियलका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘प्रतिक्रियावादी शक्तिहरूले कुनै पनि रूपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाईं युवाहरूप्रति पार्टीको ठूलो भरोसा छ ।’

प्रचण्डले युवाहरू नै पार्टीको मुख्य शक्ति भएको उल्लेख गर्दै हरेक कमिटीमा उनीहरूको २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गराउने व्यवस्था पार्टीको विधानमा किटान गरिएको पनि स्मरण गराए ।