मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ११ शुक्रबार
  • Wednesday, 09 July, 2025
शान्ता कमली लमजुङ
२o७८ भदौ ११ शुक्रबार १o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले डुम्रे–बेँसीसहर सडकखण्डको उदिपुरमा सडक अवरुद्ध

Read Time : < 1 मिनेट
शान्ता कमली लमजुङ
नयाँ पत्रिका लमजुङ
२o७८ भदौ ११ शुक्रबार १o:५५:oo

लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार दिउँसोदेखि लगातारको वर्षाका कारण उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेँसीसहर नगरपालिका–१ उदिपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपश्चात् प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेल, लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीलगायतको टोलीले पहिरो गएको क्षेत्रको अवलोकन गरी सडक खुलाउन पहल गरिरहेका छन् ।

डिएसपी कार्कीका अनुसार एम्बुलेन्स र मोटरसाइकलबाहेक अन्य सवारीसाधन बेँसीसहरबाट गएका बेँसीसहरतर्फ र डुम्रेबाट आएका डुम्रेतर्फ नै रोकिएका छन्। नयाँ ट्रयाक खोलेर शुक्रबार साँझसम्म अवरुद्ध सडक खुलाइने डुम्रे–बेँसीसहर–चामे सडक योजनाका प्रमुख डिभिजन इन्जिनियर अमितकुमार श्रेष्ठले बताए ।

निरन्तरको वर्षासँगै गएको पहिरोका कारण बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ चण्डीस्थानको खरखरे भिरमा पनि पहिरो गएको छ । पहिरोका कारण बिहीबार रातिदेखि लमजुङ सडकखण्डसमेत अवरुद्ध भएको छ ।