१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ भदौ ७ सोमबार २०:२४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १३० र ग्यास प्रतिसिलिन्डर १,४५० पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ भदौ ७ सोमबार २०:२४:००

नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई–दुई रुपैयाँ, अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य १६ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ३०, डिजेल र मट्टीतेल समान एक सय १३ तथा आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै अन्तर्राष्ट्रिय हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ पुगेको छ ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार ३२ साउनमा प्राप्त नयाँ मूल्यअनुसार केही ढिला गरी मूल्य समायोजन गरिएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव आएर निगमको घाटा चुलिँदै गएकाले बाध्य भएर मूल्य समायोजन गरेको निगमको तर्क छ । मूल्य वृद्धिपछि पनि निगमलाई आगामी १५ दिनमा ९६ करोड रुपैयाँ नोक्सान हुने प्रवक्ता उपाध्यायले दाबी गरे ।

निगमले यसअघि ३० असारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।