१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १३:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रहरीकै संलग्नतामा पत्रकारलाई लागुऔषध कारोबारमा फसाएको घटनाप्रति महासंघको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:३o:oo

पत्रकारको मोटरसाइकलमा प्रहरीले लागुऔषध राखिदिएर पक्राउ गरेको घटनाप्रति पत्रकार महासंघ नेपालले ध्यानाकर्षण भएको जनाएको छ। रौतहटका पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट ट्याब्लेट राखेर उनी र उनका चालकलाई पक्राउ गरिएकोप्रति महासंघको ध्यानाकर्षण भएको हो।

०७८ साउन ३२ गते राति एक होटेलअगाडि रोकेर राखिएको पत्रकारको मोटरसाइकलमा नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायत र अन्य व्यक्तिहरूको संलग्नतामा लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको रौतहट शाखालाई उद्धृत गर्दै महासंघले जनाएको छ।

जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र निन्दनीय भएको भन्दै महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेको छ।

ad
ad