मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ भदौ ५ शनिबार
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ५ शनिबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन : मुख्यमन्त्री शाक्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ५ शनिबार १६:o६:oo

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवं नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छिन् । नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्यले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने भन्दै आफू एकताको पक्षमा रहेको बताएकी हुन् ।

शाक्यले आफू अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भए पनि बाहिर नेता नेपाललाई धोका दिएको भन्ने गलत सन्देश दिइएको भन्दै असन्तुष्टि जनाइन्।  यस्ता कार्य गरेर पार्टीको एकतालाई कमजोर बनाउने काम नगर्न पनि उनले आग्रह गरेकी छिन्।

‘म मुख्यमन्त्री हुुनुमा दुवै नेताहरूको साथ छ। सहमति छ। अनि बाहिरबाहिर कुरा आउँछ, अष्ट त के–के भयो, के–के भनेर। लामो समयसम्म फलाना नेतालाई साथ दिएर लाग्ने, अनि मुख्यमन्त्री पाएपछि त अर्कोतिर भनेर भन्नुभयो। यो गलत कुरा हो। गलत सन्देश दिने काम नगरी दिनुहोस्। जे छ त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ,’उनले भनिन् ।

नेकपा एमालेले मात्रै मुलुकलाई अघि बढाउन सक्ने दाबी गर्दै उनले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नरहेको बताइन् । अध्यक्ष ओलीले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता गर्नेबित्तिकै एमाले एकजुट भएर अघि बढ्ने उनको विश्वास छ ।

मुख्यमन्त्री शाक्यले निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेलसहितको सल्लाहमा प्रदेश सरकारलाई अघि बढाउने प्रतिबद्धता गर्दै निवर्तमान मुख्यमन्त्री र मन्त्रीहरूको परामर्शका आधारमा अघि बढ्ने बताएकी छिन् ।