१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २३ आइतबार ११:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ ट्रयाकले जोडियो कोदारी राजमार्ग, १५ दिनभित्र पूर्ण सञ्चालनमा आउने

Read Time : > 1 मिनेट
रामकृष्ण थापा सिन्धुपाल्चोक
नयाँ पत्रिका सिन्धुपाल्चोक
२o८१ बैशाख २३ आइतबार ११:२६:oo

२ असारदेखि अवरुद्ध कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ। माथिबाट पहिरोले पुर्ने र तलबाट भोटेकोसी नदीले कटान गरेर भत्केको सय मिटर सडक नयाँ ट्रयाकले जोडेपछि सञ्चालनमा आएको हो।

दुई महिनादेखि भत्किएको लिपिङपुल निर्माण भइरहेकोले राजमार्ग पूर्ण सञ्चालनमा आउन अझै १५ दिन लाग्ने सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ। लिपिङपुलको दुवैपट्टि जगमा ढुंगा भरेर जालीगाह्राे उठाइएको छ।

महिना दिनदेखि सडक खुलाउन लागेको बताउँदै कार्यालयका इन्जिनियर विजय महतोले करिब १५ दिनभित्र राजमार्ग पूर्ण सञ्चालनमा आउने बताए । नेपाली चाडपर्व दशैँ–तिहार नजिकिएकाले व्यापारी वर्गले चीनबाट खरिद गरेका सामानको सहज आयातका लागि पनि तातोपानी नाका सुचारु गरिनुपर्ने आवश्यकता छ। सडककै कारणले तातोपानी नाका अवरुद्ध नहोस् भन्नेमा सडक डिभिजन सचेत रहेको महतोले प्रस्ट्याए।

अहिले मित्रराष्ट्र चीनसँगको सबैभन्दा पुरानो र छोटो दूरीको तातोपानी नाकाबाट निर्यात ठप्प छ। आयात पनि सहज ढंगले भएको छैन। सडक कनेक्टिभिटीको अवस्था नसुध्रिँदा यहाँबाट हुने व्यापारमा कमी आएको हो। भूकम्पको चार वर्षपछि खुलेको तातोपानी नाकाबाट हुने व्यापार–व्यवसायमा कुनै प्रगति छैन। तातोपानी नाकाको पछिल्लो अवस्था हेर्दा कनेक्टिभिटी बढाएर व्यापार विस्तार गर्ने नेपाल–चीनबीचको उच्चस्तरीय समझदारी कुरामा मात्रै सीमित भएको छ। कोरोना महामारीको बीचमा अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री तातोपानीको बाटो भएर काठमाडौं आइपुगेको थियो। तर, कोदारी राजमार्ग भासिएपछि दुई महिनादेखि आयात अवरुद्ध छ। भूकम्पपछि चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले कोदारी राजमार्गको अस्थायी मर्मत गर्दै आएको छ। तर, सिआरसिसीले बनाएको सडक महिना दिन पनि टिक्दैन।

चीन जोड्ने अरनिको राजमार्ग बाह्रबिसेदेखि लिपिङसम्म २६ किलोमिटर कोदारी खण्डबारे तातोपानी भन्सार, स्थानीय सरकार र व्यापारी वर्गले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। एक साताअघि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर तातोपानी नाका पूर्ण सञ्चालनका लागि चीन सरकारसँग कुराकानी गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।

बोकेर तार्दा लागत बढ्यो
चीनको विभिन्न व्यापारिक सहरबाट तिब्बतको खासामा आइपुगेका सामान सडकको कारणले धमाधम तातोपानी भन्सार ल्याउन सकिएको छैन। खासाबाट सीधै लार्चा सुक्खा बन्दरगाह ल्याइनुपर्ने सामान लिपिङपुल र कोदारीमा झारेर पल्टी गर्दा लागत बढेको छ। कोदारी राजमार्ग आंशिक रूपमा सञ्चालन भएसँगै अहिले लिपिङपुलमा मात्रै सामान झारेर मजदुरले बोकेर वारि तार्छन्।

लिपिङपुल भत्केको दुई महिना बित्यो। त्यसयता स्थानीयले बोकेर सामान कोदारीसम्म ल्याउने गरेका छन्। लिपिङपुलबाट बोकेर कोदारी कटाउँदा एक लाख २० हजार थप लागत बढेको छ। अहिले एक गाडी सामान ओसार्दा मजदुरले ४० हजार ज्याला लिन्छन्। ‘लागत मात्रै बढेको होइन, समय पनि खेर गएको छ,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने, ‘खासा आइपुगेका सामान केरुङतर्फ डाइभर्ट हुँदा लागत धेरै बढ्छ।’ तर, १५ दिनभित्र राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने भएकोले व्यापारीले खासाबाटै सामान आयात गर्ने तयारी गरेका छन्।

हाल खासाबाट दैनिक बढीमा दुई गाडी सामान मात्र आइरहेको छ। तातोपानी नाकामा काम गर्ने लोडर संघका पाँच सय मजदुर दुई महिनादेखि बेरोजगार छन् । खासाबाट कन्टेनर आउन छोडेकोले मजदुरले काम नपाएको गौतमले बताए।

ad
ad