१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ भदौ ३ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ भदौ ३ बिहीबार o८:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कोभिड व्यवस्थापनमा उच्चस्तरीय समिति गठन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ भदौ ३ बिहीबार o८:o५:oo

सरकारले कोरोना नियन्त्रण र व्यवस्थापनका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका हुन् ।

समितिको उपाध्यक्षमा स्वास्थ्यसचिव डा. रोशन पोखरेल छन् । सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंह, सदस्यहरूमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराई, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. रुद्र मरासिनी तथा सदस्यसचिवमा नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनी छन् ।

ad
ad
ad
ad