मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३० शनिबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३० शनिबार १८:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेतृत्वको रिक्तता हुन नदिन पार्टी विधानमै युवा पुस्तालाई समेट्न पहल गर्छु : ईश्वर पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३० शनिबार १८:२९:oo

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एमालेको विधान महाधिवेशन आगामी २७ र २८ भदौमा काठमाडौं हुँदैै छ । 

पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए । युवा नेतृ सुनिता बरालद्वारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको शनिबार विमोचन गर्दै उनले पार्टीभित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यक्ता औँल्याए । 

उनले भने, ‘विधान अधिवेशन हुँदै छ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाइ गरेर कुरा उठाउँछु– पाका पुस्ता पनि चाहिन्छ, अधबैँसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा तन्नेरी पुस्ताको पनि समावेशिता विधानमै व्यवस्थित हुुनुपर्छ । त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टीभित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरूलाई दबाब दिन पनि सुरु गर्न निर्देशन दिए । उनले पार्टीका युवा, विद्यार्थीहरूलाई निद्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।