Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २८ बिहीबार २१:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कमल थापाको बुबाको स्मृतिमा पुस्तक विमोचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २८ बिहीबार २१:३७:००

राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाद्वारा लिखित ‘एकपटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक बुधबार सार्वजनिक भएको छ । थापाका पिता स्वर्गीय महासेनानी छत्रबहादुर थापाको सैनिक करिअरमा आधारित जीवन समेटेर लेखेको पुस्तक प्रधानसेनापति पूर्णचन्द्र थापाले विमोचन गरेका हुन् । 

महासेनानी थापाको स्मृति दिवस तथा उनको नाममा स्थापित छत्रबहादुर थापा स्मृति ट्रस्टको वार्षिकोत्सवका अवसरमा पुस्तक तयार भएको हो । पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, ट्रस्टका अध्यक्ष पूर्वरथी नेत्रबहादुर थापा, पूर्वउपप्रधानमन्त्री कमल थापाले महासेनानी थापाको आदर्श र निष्ठापूर्ण सैनिक जीवनको चर्चा गरेका थिए । 

स्वर्गीय थापा सन् १९३९ मा दोस्रो विश्वयुद्धमा सहभागी भएका थिए । उनले पूर्व–पश्चिम राजमार्ग बनाउँदा पूर्वी खण्डको कमान्डरका रूपमा काम गरेका थिए भने सेनाको ब्यारेकीकरणको आरम्भमा पनि भूमिका निर्वाह गरेको प्रधानसेनापति थापाले जानकारी दिए ।