१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

एकै दिन ७५ युनिट स्कोडा कुसाक डेलिभरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५३:oo

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुधबार काठमाडौंलगायत देशभरका सोरुमबाट एकै दिन ७५ वटा नयाँ स्कोडा कुसाक डेलिभरी दिएको छ । एमएडब्लूले दुई साताअघि उक्त गाडी सार्वजनिक गरेर बुधबार डेलिभरी दिएको हो । 

अर्डरका आधारमा यो गाडीलार्ई नेपाली अटोबजारले सहर्ष स्विकारेको कम्पनीको दाबी छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुसाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो जगत्मा प्रभावकारी उपस्थिति जनाइसकेको कम्पनीले जनाएको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुसाकको टेस्ट ड्राइभ तथा बुकिङ देशभरका स्कोडा सोरुमबाट गर्न सकिने जनाइएको छ ।

स्कोडा कुसाक १ सय ५३ वटाभन्दा बढी बुकिङ भइसकेको एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ । स्कोडा एमएडब्लूका कार्यकारी निर्देशक रौनक अग्रवालले ‘कुसाकमा विश्वमै लोकप्रिय टिएसआई प्रविधिको इन्जिन रहेको बताए । यो इन्जिन पर्फर्मेन्स, इफिसेन्सी, रिफाइन्मेन्ट र आउटपुटको राम्रो समीश्रण रहेको उनको भनाइ छ । रोबस्ट र मस्कुलर देखिने कुसाकको इन्टेरियर सुन्दरता र आधुनिकताको समीश्रण रहेको जनाइएको छ । 

ad
ad