मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २७ बुधबार २१:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश जबराको आग्रह– न्यायपालिकामाथि दोष दिने काम नगर्नू (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार २१:४o:oo

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन् । जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने बताए । 

नेपाल कानुन व्यवसायी परिषदले बुधबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए । उनले भने, ‘न्यायपालिकाले गर्ने सबै फैसलाहरू समाज र नागरिकसँग अभिप्रेरित हुन्छ । र, समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ । न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ । अथवा न्यायपालिकालाई दोष पनि दिनुहुन्न । र, महत्व पनि दिनुहुन्न । यो आफैँ महत्वपूर्ण निकाय हो । यसले नागरिकलाई जहिले पनि मार्गनिर्देशन गर्दछ । नागरिकभित्र देशका सबै नागरिक राष्ट्रपतिदेखि सबै पर्दछन् । देशका सबै निकाय यसैअन्तर्गत पर्दछन् ।’

जबराले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबीसमेत गरे । 

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए । उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे ।