१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सांसद रामनारायण बिडारीको प्रश्न– एमसिसी संसदमा किन ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:१९:oo

राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले एमसिसी संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था नरहेको बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा सत्तासाझेदार माओवादी केन्द्रका सांसद बिडारीले एमसिसीलाई संसदबाट पास गर्नैपर्ने संवैधानिक व्यवस्था नरहेको दाबी गरेका हुन् । 

मंगलबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा बैठकमा एमसिसी के गर्नुहुन्छ ? भनी प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्न गरेका थिए । त्यसको जवाफ दिने क्रममा उनले एमसिसी संसदमा ल्याउनैपर्ने कारणबारे पूर्वप्रधानमन्त्री ओलीलाई पुष्टि गरेर देखाउन चुनौैती दिए । 

एमसिसीबारे सभामुखलाई अनावश्यक लाञ्छना लगाइएको पनि उनले बताए । उनले भने, ‘एमसिसी संसदमा किन ? यो कुनै संवैधानिक व्यवस्था छैन । यहाँ नेपालमा चाहिँ ल्याउनैपर्ने कारण के ? ओलीजीले पुष्टि गर्नुप¥यो नि । सभामुखलाई अनेक प्रकारको लाञ्छना लगाएर एमसिसी सदनमा ल्याएन भनेर हर्कत गरियो । ’

सांसद बिडारीले पूर्वप्रधानमन्त्री ओलीको कार्यकालमा भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेको भन्दै प्रधानमन्त्री ओलीसँग कुरा मिलाएर पो हो कि भन्ने प्रश्न गरे । उनले भने, ‘भारतले नेपालको भूमि कहिले उसको नक्सामा हाल्यो । याद गरिराखौँ कहिले हाल्यो ? अहिलेसम्म हाल्न सकेको थिएन । जब ओली प्रधानमन्त्री हुनुभो ट्याक्क भारतले नेपालको जमिन उसको नक्सामा हाल्यो । त्यति मात्र हो र ? नेपालको भुइँमा सडक बनाएर भारतको मन्त्रीले उद्घाटन ग¥यो कहिले ? ओलीजीको पालमा । किन ग¥या रे ? खस्याकखुसुक गरेर पो हो कि । कुरा मिलाएर पो हो कि ।’

सांसद बिडारीले ओली सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुमबासीहरूको पक्षमा काम गर्न नसकेको भन्दै निजामती कर्मचारी र भूमिसम्बन्धी कार्यालयमार्फत सुकुमबासीलाई जग्गा वितरण गर्ने कुरा टुंगो लगाउनुपर्ने बताए ।
 

ad
ad