जसपाले आफ्नो मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेसँगै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सन्तोषकुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार पाण्डेयले पदबाट राजीनामा दिएका हुन् । उनले राजीनामापत्रमा लेखेका छन्, ‘सिद्धान्तको राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताको आधारमा सरकारबाट फिर्ता हुनु उपयुक्त ठानेकाले र जसपाले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेकाले मैले मन्त्री पदबाट राजीनामा दिएको छु । ’