मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण २७ बुधबार
  • Tuesday, 17 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o७८ श्रावण २७ बुधबार o६:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

६ लाख नेपाली नोटसहित एक भारतीय पक्राउ 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७८ श्रावण २७ बुधबार o६:२१:oo

भारतबाट नेपाली नोट लिएर आएका एक भारतीय नागरिक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको टोलीले कञ्चनपुरको डोकेबजार नाकाबाट भारतीय नागरिक रजिनिस कुमारलाई  पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरकाे टाेलीले साहजहाँपुर मोहल्ला बस्ने ४१ वर्षीय रजिनिस कुमारको साथबाट स्रोत नखुलेको ६ लाख एक हजार पाँच सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ परेका कुमारसहित नेपाली नोटलाई कारबाहीका लागि त्रिनगर कैलाली भन्सारमा पठाइएको छ । उक्त नेपाली नोट सक्कली वा नक्कली भएकोबारे यकिन गरिएको छैन ।