१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ श्रावण २६ मंगलबार १४:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारमा ब्राउनसुगर, पाँचजना पक्राउ

Read Time : < 1 मिनेट
२०७८ श्रावण २६ मंगलबार १४:३४:००

सुनसरीको  इनरुवा नगरपालिका– ४ पूर्व–पश्चिम राजमार्गमा पर्ने इनरुवा बसपार्कबाट कारमा सवार पाँचजनालाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी– १४ का २० वर्षीय अमोदकुमार यादव, सप्तरी तिलाठी कोलारी– ४ का २० वर्षीय इनरकुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ वर्षीय विनोदकुमार कामत, सप्तरी तिलाठी कोलारी– ४ का १९ वर्षीय रमेश मुखिया र कारचालक तिलाठी कोलारी– ४  का २२ वर्षीय फुलकुमार मुखिया रहेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउँदै गरेको बा.१४च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार पाँचजनालाई चेकजाँच गर्दा अमोदकुमार यादवको साथबाट लागुऔषध ब्राउनसुगर एक सय ३० ग्राम फेला परेको हो। सोमबार बेलुका ८ बजे विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको थियो। 

ब्राउनसुगर फेला परेपश्चात् थप अनुसन्धानका लागि कारसहित पाँचैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।