१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७८ श्रावण २१ बिहीबार ०९:११:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७८ श्रावण २१ बिहीबार ०९:११:००

एकपटक एक महिला एक साधुसित भेटघाट गर्न उनको आश्रममा पुगिन् । साँझको समय थियो । साधु भोजन गर्दै थिए । महिलाले बाहिरै बसेर सन्तको प्रतीक्षा गर्नु उचित ठानिन् । महिलाको साथमा उनको ७—८ वर्षका छोरा पनि थिए । महिलाले छोरालाई भनिन्– साधु महाराज भोजन गर्दै हुनुहुन्छ रे ! त्यसैले हामी उहाँको प्रतीक्षा गर्नेछौँ । भोजनको समाप्तिपछि नै उहाँले हाम्रो समस्याको समाधान गर्नुहुनेछ । 

केहीबेरमा एक महिला कुटीबाट बाहिर आइन् र भनिन्– तपाईंहरू दुवैलाई महाराजले भित्र बोलाउनुभएको छ । महिला छोरालाई लिएर भित्र पसिन् र साधुको दर्शन पाएपछि उनले भनिन्– महाराज, मेरो छोरालाई अपचको समस्या छ । मैले यसलाई कैयौँ औषधी दिएँ, तर ठीक भएन । केही उपाय बताइदिनुप¥यो महाराज ! साधुले भने– ठीक छ, बाबुलाई लिएर भोलि बिहान आउनुहोला । 

भोलिपल्ट महिला आफ्ना छोरालाई लिएर आश्रम पुगिन् । साधुले महिलाका छोरासित सोधे– बाबु तिमी सक्खर धेरै खान्छौ, हो ? बालकले हो भन्दै टाउको हल्लाए ! साधुले भने– त्यसो भए आजैदेखि सक्खर खान बन्द गर, सबै ठीक हुन्छ । बालकले हुन्छ भन्दै मुन्टो हल्लाए ।

महिलालाई भने साधुको व्यवहार अनौठो लाग्यो । त्यति कुरा त उनले अघिल्लै साँझ पनि बताउन सक्थे । पटक–पटक आश्रमसम्म धाउनु पनि पर्दैनथ्यो । महिलाले साधुलाई भनिन्– महाराज, यत्ति कुरा त हजुरले हिजै बताउन सक्नुहुन्थ्यो नि, होइन ? साधुले भने– हिजो तपाईं आफ्ना छोरालाई लिएर आउँदा म भोजन गरिरहेको थिएँ । त्यतिखेर मेरो कचौरामा सक्खर थियो । यस्तोमा मैले सक्खर नखान सल्लाह दिएको भए उसले आफूचाहिँ सक्खर खान्छ, मलाई चाहिँ नखा भन्छ भनेर त्यसलाई व्यवहारमा अपनाउने थिएन । त्यसैले, मैले तपाईंलाई यसरी दुःख दिनुपरेको हो । साधुको यो भनाइ सुनेपछि महिला खुसी हुँदै उनलाई धन्यवाद दिएर घर फर्किइन् ।