मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण २० बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण २० बुधबार ११:५३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा लाइफ इन्स्योरेन्सको आइपिओ बिक्री खुला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण २० बुधबार ११:५३:oo

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बिक्री खुला भएको छ। इन्स्योरेन्सले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। 

कम्पनीले हाल कायम जारी पुँजी रु. २ अर्बको ३० प्रतिशत अर्थात् रु. ६० करोड रकमबराबर प्रतिसेयर रु. १०० अंकित दरका ६० लाख कित्ता सेयरमध्ये पाँच प्रतिशत सेयरबराबर तीन लाख कित्ता सामूहिक लगानी कोषका लागि तथा थप पाँच प्रतिशत सेयरबराबर तीन लाख कित्ता कर्मचारीहरूका लागि छुट्याई बाँकी ५४ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरेको हो। कम्पनीको प्राथमिक निष्कासन तथा बिक्री प्रबन्धकको सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको छ।

कम्पनी ऐन, २०६३ तथा बिमा ऐन, २०४९ बमोजिम दर्ता भई बिमा समितिबाट जीवन बिमा व्यवसाय गर्ने बिमकको इजाजत मिति २०७४ कात्तिक ५ मा प्राप्त गरी कम्पनीले ०७४ मंसिर २२ गतेबाट जीवन बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ। आइपिओ निष्कासनका लागि इक्रा रेटिङबाट रेटिङ गराएको यस कम्पनीले बिबिबी रेटिङ पाएको छ। जसले वित्तीय दायित्व वहन गर्ने कम्पनीको क्षमता औसत रहेको भन्ने जनाउँछ। 

कम्पनीको आइपिओमा आवेदन गर्न चाहने इच्छुक लगानीकर्ताले आज बिहान १० बजेबाट छिटोमा आगामी साउन २४ गते आइतबार अपराह्न ५ बजेभित्र आवेदन दिन सक्नेछन्। सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा ०७८ भदाै ०२ गतेसम्म सेयर बिक्री खुला रहनेछ। यस्तैगरी आवेदकले न्यून्तम १० कित्ता र अधिकतम ३०,००० कित्ताका लागि आस्बा सदस्य बैंक तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन्।