Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ श्रावण १६ शनिबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेलमा खोप पुर्‍याउने कर्मचारीलाई उन्मुक्ति दिन खोजेको भन्दै नगरपालिकामा तालाबन्दी

Read Time : < 1 मिनेट
२०७८ श्रावण १६ शनिबार १२:२९:००

होटेलमा कोरोनाविरुद्धको खोप लुकाउने बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्कालाई उन्मुक्ति दिन खोजेको भन्दै स्थानीय र विद्यार्थी संगठनले नगरपालिकामा अनिश्चितकालका लागि तालाबन्दी गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ, अखिलक्रान्तिकारी र स्थानीयले संयुक्त रूपमा ताला बन्दी गरेका हुन् ।

सर्वसाधरणलाई चर्को घाममा घन्टौँ लाइनमा राखेर शुक्रबार खोप सकिएको भन्दै फर्काएर दुई सय डोज खोपसहित खड्का बिर्तामोडस्थित एक होटेलमा फेला परेपछि नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरूले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएर स्वास्थ्य कार्यालय झापामा पठाएको थियो । तर, स्वास्थ्य कार्यालयले मिलेमतोमा खड्कालाई उन्मुक्ति दिन खोजेको भन्दै तालाबन्दी गर्नुपरेको अखिल क्रान्तिकारी झापाका अध्यक्ष अनिल सुवेदीले जानकारी दिए ।

‘खोप होटेलमा लुकाउने कर्मचारीलाई छाड्न खोजिँदैछ । उनलाई तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्छ,’ उनले भने, ‘दोषी देखिए बर्खास्त नै गर्नुपर्छ । तर, यसको सट्टा अनेक बहानामा उन्मुक्ति दिइन खोजिँदै छ । यसको विरोधमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हौँ ।’