मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १५ शुक्रबार
  • Sunday, 05 January, 2025
जेनेभा
२o७८ श्रावण १५ शुक्रबार o७:४८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

१३२ देशमा फैलियो डेल्टा भेरियन्ट : डब्लुएचओ

Read Time : < 1 मिनेट
जेनेभा
नयाँ पत्रिका
२o७८ श्रावण १५ शुक्रबार o७:४८:oo

पछिल्लो साता विश्वभर कोरोनाभाइरस संक्रमितहरूको संख्या बढ्दै गएको छ । १७ देखि २५ जुलाईसम्मको तथ्यांकअनुसार यो अवधिमा आठ प्रतिशत संक्रमित वृद्धि भएको अधिकारीहरूको भनाइ छ । यो साता ३८ लाख मानिस कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्यसम्बन्धी निकायका रूपमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म संक्रमित बढेको जनाएको छ । पछिल्लो साता दैनिक विश्वभर पाँच लाख ४० हजार संक्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक संक्रमित भएको डब्लुएचओको भनाइ छ ।

यसैगरी अघिल्लो साताको तुलनामा गत साता मृत्यु भएकाहरूको संख्यामा पनि थोरै वृद्धि भएको डब्लुएचओका अधिकारीहरूले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । यस्तै अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गामा भेरियन्ट ८१ देशमा पुगेको डब्लुएचओको भनाइ छ ।

संक्रमितहरूको कुल संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशमा कोरोना भाइरसको चौथो चरणको महामारीसमेत सुरु भएको छ ।