Skip This
इतिहासमा आज
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार ११:५१:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार ११:५१:oo

सन् १९७८ : इरानमा आएको शक्तिशाली भूकम्पमा ठुलो जनधनको क्षति भयो । ७.७ रेक्टरस्केलको सो भूकम्पमा परेर ११ हजार मानिसको मृत्यु भएको थियो भने करोडौँ डलर रकम क्षति भएको थियो ।

सन् १९०८ : मिसिगनमा विलियम सी डुरेन्ट र चार्ल्स स्टिवार्ट मोटले स्थापना गरेको मोटर्स कर्पोरेसन ट्रक र कार निर्माणमा अहिलेसम्मकै ठुलो कम्पनी हो । जिएम नामले समेत चिनिने सो कम्पनीले विक, क्याडिलेस, सिभरोलेट, पोन्टायस र हमर ब्रान्डका कार निर्माण गरेको छ ।

सन् १९२० : न्युयोर्कको वालस्ट्रिटमा अज्ञात समूहले बम विस्फोट गराउँदा कम्तीमा ३८ जनाको मृत्यु भएको थियो । बम विस्फोट अझै पनि रहस्यमय छ ।

सन् १९६३ : सबाह, सरवाक र सिंगापुरसँग मलेसिया महासंघ एकीकृत गरेर सिंगापुर गठन गरिएको थियो । दुई वर्षपछि सिंगापुर अलग भएको थियो ।

सन् १९८२ : दक्षिणपन्थी लेबनानी लडाकुले राजधानी बेरुतमा रहेका दुइटा शरणार्थी शिविरका तीन हजार शरणार्थीको हत्या गरेका थिए । दुइटा शिविरमा रहेका प्यालेस्टेनी शरणार्थीलाई लेबनानी क्रिस्चियन फलांगिस्ट लडाकुले तीन दिनसम्म हमला गरेका थिए ।