१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १४ बिहीबार
  • Tuesday, 08 July, 2025
२o७८ श्रावण १४ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीगण्डकीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १४ बिहीबार १९:५२:oo

कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन । बिहीबार दिउँसो करिब १ बजेको समयमा बाग्लुङ नगरपालिका– १ निर्यघाटस्थित कालीगण्डकी नदीको किनारमा पौडी खेल्दै गर्दा दुई किशोर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बाग्लुङ नगरपालिका– ४ उपल्लाचौर बस्ने हरि विकका १३ वर्षीय छोरा अभिषेक विक र सोही स्थानका थमबहादुर पुनका छोरा १३ वर्षीय यमबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

दुई युवासँगै पौडी खेलन गएका स्थानीय प्रश्न विक खाती र विसान पुन भने सकुशल रहेका छन् । कालीगण्डकी किनारमा चारजना नै पौडी खेल्ने क्रममा दुईजनालाई नदीले बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ । बेपत्ता दुईजनाको प्रहरीले खोजी कार्य जारी राखेको हवारीले जानकारी दिए ।