मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण १३ बुधबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पाँच वर्षमा १६ लाख किलो तयारी चिया आयात 

Read Time : < 1 मिनेट
२०७८ श्रावण १३ बुधबार ११:२७:००

नेपालबाट विदेश निर्यात हुने कृषिजन्य वस्तुहरूमध्ये चियाको हिस्सा निकै ठूलो छ । सबैभन्दा धेरै प्रयोग हुने पेय पदार्थ चियामा नेपाल आत्मनिर्भर छ । चिया तथा कफी विकास बोर्डका अनुसार पाँच वर्षमा ४७ करोड ४७ लाख रुपैयाँको तयारी चिया आयात भएको छ । विभागका अनुसार सन् २०१९/२० मा २ लाख १८ हजार ६ सय ३३ किलो तयारी चिया आयात भएको छ ।

त्यस्तै, सन् २०१८/१९ मा ३ लाख ४३ हजार ३ सय ५३ किलो, सन् २०१७/१८ मा ३ लाख ७१ हजार ३ सय ७० किलो तयारी चिया आयात भएको थियो । सन् २०१६/१७ मा ३ लाख ६३ हजार १ सय ९० किलो र सन् २०१५/१६ मा ३ लाख ३ हजार ४ सय ६० किलो तयारी चिया आयात भएको तथ्यांकमा उल्लेख छ । 

नेपालले सबैभन्दा बढी भारतबाट चिया खरिद गर्छ । त्यसपछि चीन, श्रीलंका, थाइल्यान्ड, टर्की, दुबई, मलेसिया, बंगलादेशलगायतका मुलुकबाट तयारी चिया आयात हुने गरेको तथ्यांकमा उल्लेख छ । 

नेपालमा उत्पादन हुने चियाको निर्यात पनि सबैभन्दा धेरै भारतमा नै हुुन्छ । नेपालमा उत्पादन भएको तयारी चियामध्ये भारतमा ८८.९ प्रतिशत र जर्मनीमा ३.६ प्रतिशत रहेको छ । त्यसबाहेक रुस, जापान, चेकरिपब्लिक, अमेरिका, क्यानडा, फ्रान्स, अस्ट्रेलियालगायतका देशहरूमा समेत चियाको निकासी हुने गरेको छ । सरकारले चियालाई निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचीमा सूचीकृत गरेको छ ।

निर्यात प्रवद्र्धन गर्ने वस्तुको सूचीमा सूचीकृत वस्तुमा अतिरिक्त कर लगाउने, नेपाली उत्पादन निर्यातमा कर घटाउने, त्यस्ता वस्तुको बजार प्रवर्द्धनका लागि बजारको खोजी गर्ने, उत्पादन वृद्धिका लागि सहुलियत दिने गरेको छ । निर्यात प्रवर्द्धन गर्ने वस्तुको सूचीमा चिया सूचीकृत भएपछि विदेशी उत्पादनलाई निरुत्साहित गर्न चियामा ३० प्रतिशत कर लाग्ने व्यवस्था गरेको छ ।