मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण १० आइतबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण १० आइतबार १५:५७:००

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले आज उनलाई उक्त जिम्मेवारी दिएका हुन्। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने राज्यमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उनको शपथ साँझ ५ बजे हुने जनाइएको छ। शिक्षा क्षेत्रका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेसका समानुपातिक सांसद हुन्।