मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ श्रावण ९ शनिबार १२:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पैसा नतिरेको भन्दै अपहरण गरी कुटपिट गर्ने तीन पक्राउ 

Read Time : < 1 मिनेट
२०७८ श्रावण ९ शनिबार १२:२८:००

अपहरण गरी एक युवकलाई निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले इटहरीबाट तीन युवाहरूलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा प्रहरी इटहरी ७ का  २५ वर्षीय संगित थापा, सोही वडाका १९ वर्षीय अनिष कार्की र वडा नम्बर ८ का  २३ वर्षीय सिद्धार्थ राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  

घटनाअनुसार शुक्रबार बिहान वडा नम्बर ८ फूलबारी टोलको प्लटिङमा इटहरी–४ का निर्मल श्रेष्ठलाई घरबाट नियन्त्रणमा लिएर आँखामा पट्टी बाँधी ल्याई कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । आँखामा पट्टी बाधेर कुटपिट गर्दै गरेको प्रहरीमा सूचना पुगेपछि इलाका प्रहरी कार्यालय इटहरीको टोली परिचालन गरिएको थियो । प्रहरी अनुसन्धानबाट घटना पैसाको लेनदेनको कारण भएको खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीका अनुसार संगीत थापाको पैसा चलाएको र पछि फिर्ता नदिएपछि तीनजना मिलेर अपहरण गरी कुटपिट गरेको खुलेको छ ।

डिएसपी केसीका अनुसार श्रेष्ठलाई बुधबार  दिउँसो इटहरी–९ भोजपुरे टोलबाट सिटी सफारीमा हालेर संगीत थापाको घरमा लगी रातभर उम्कन नदिई आँखामा पट्टी लगाई कोठाभित्र थुनी राखेका थिए । शुक्रबार बिहान उक्त स्थानबाट फूलबारी टोलमा लगेर निर्घात कुटपिट गरेको पीडित श्रेष्ठले प्रहरीलाई बयान दिएका छन् । पक्राउ परेकाहरूको साथबाट प्रहरीले आँखामा बाँधिएको पट्टी बरामद गरेको छ ।

पीडित निर्मल श्रेष्ठलाई प्रहरीले उद्धार गरी अपहरण गरी बन्धक बनाउने संगीत थापा, अनिष कार्की र सिद्धार्थ राईलाई अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान मुद्दा चलाएको छ । शुक्रबार नै सुनसरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।