मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार २१:३९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

 एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध हो : पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ श्रावण ८ शुक्रबार २१:३९:००

एमाले महासचिव  ईश्वर पोखरेलले एमालेभित्रै रहेर आफ्नो सरकार ढाल्न खोज्नु अपराध भएको बताएका छन् । काठमाडौं क्षेत्र नं. ५ को धुम्बाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा महासचिव पोखरेलले गलत कुराको पछाडि लाग्ने मान्छे एमाले हुन नसक्ने बताए ।  

उनले पार्टीभित्रको खराब आचारण भएका तत्वहरूलाई परास्त गर्दै पार्टीलाई एकढिक्का बनाउन नेता तथा कार्यकर्तालाई आह्वान गरे ।  ‘पार्टीभित्र अन्तर्संघर्ष हुने कुरा सामान्य कुरा भए पनि पार्टी महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा जननिर्वाचित प्रधानमन्त्री ढाल्ने षड्यन्त्र गर्नु गलत भएको टिप्पणी गरे ।