मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी वासिङ्टन डिसी
२०७८ श्रावण ८ शुक्रबार १४:४०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

तालिवानविरुद्ध अमेरिकाले गर्‍यो हवाई हमला

Read Time : < 1 मिनेट
एजेन्सी वासिङ्टन डिसी
२०७८ श्रावण ८ शुक्रबार १४:४०:००

अमेरिकी सेनाले अफगानिस्तानमा तालिवानविरुद्ध हवाई हमला गरेको छ। सरकारी सुरक्षा बलको समर्थनमा अमेरिकाले हवाई हमला गरेको पेन्टागनका प्रवक्ता जोन किर्बीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पछिल्ला केही दिनमा अफगानी राष्ट्रिय रक्षा र सुरक्षा बलको समर्थनमा हवाई हमला गरेको भन्दै किर्बीले यस विषयमा आफूले थप जानकारी दिन नसक्ने बताए। अफगान सरकारको समर्थनमा बुधबार र बिहीबार चारभन्दा धेरै हवाई हमला गरिएको अर्का एक अमेरिकी रक्षा अधिकारीलाई उदृत गर्दै समाचार संस्था एपीले जनाएको छ। हमलामा तालिवानले अफगान सेनासँग लुटेको हतियार र वाहनहरू नष्ट गरेको उनले बताए।

तालिवानका प्रवक्ता जबिहुल्ला मुजाहिदले हमलाको निन्दा गर्दै हमलामा मानवीय क्षति नभएको जानकारी दिएका छन्। ‘संयुक्त राज्य अमेरिकाको कारबाही दोहा सम्झौताको स्पष्ट उल्लंघन हो। यसमा हामी शान्त बस्ने छैनौँ र यसको नतिजाको जिम्मेवार अमेरिका हुनेछ,’ मुजाहिदले बिबिसीसँग भनेका छन्।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको कार्य सुरु भएसँगै तालिवानले यहाँका अधिकांश क्षेत्रमा नियन्त्रण जमाएको छ। पेन्टागनका एक प्रवक्ताले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि पनि अफगान सेनालाई निरन्तर सहयोग गरिराख्ने बताएका छन्।