१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ७ बिहीबार
  • Friday, 04 July, 2025
संजित परियार काठमाडाैं
२o७८ श्रावण ७ बिहीबार १३:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यातायात व्यवसायीको आन्दोलनले काठमाडौंको ट्राफिक अस्तव्यस्त (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o७८ श्रावण ७ बिहीबार १३:o९:oo

भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रेका छन्।  सातबुँदे माग राख्दै सवारीसाधनसहित व्यवसायीले प्रदर्शन गर्दा काठमाडौंको ट्राफिक अस्तव्यस्त बनेको छ। व्यवसायीको आन्दोलनका कारण भाडाका सवारीसाधन चलेका छैनन्।

उनीहरूले वैज्ञानिक भाडा नीति २०६५ अनुसार यातायातको भाडादर समायोजनको माग गरेका छन्। यस्तै, पर्यटन यातायातको भाडादर निर्धारण गर्नुपर्ने, ट्याक्सीको सुरुवाती कल निर्धारण हुनुपर्ने, लकडाउनको समयको कागजपत्रको कर, राजस्व र जरिवाना छुट गर्नुपर्ने, मौद्रिक नीतिमा यातायातको समस्यालाई सम्बोधन गर्नुपर्नेलगायतका माग राखेका छन्। यस्तै, स्तरीय २० वर्षे सवारीसाधनको म्याद थप गर्नुपर्ने, यातायात बिमा नीति परिमार्जन हुनुपर्ने र सडक कानुन लागू गर्नुपर्ने उनीहरूको माग छ।